माओवादीका नेता पुन आज स्वदेश फर्कदै
२०७८ माघ १०, सोमबार १०:०९
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । उनी पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज अपराह्न स्वदेश आउने भएका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।
उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो । हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ ।
