राजनीति/ समाज
मन्त्रिपरिषद् बैठक सुरु, स्थानीय निर्वाचन र एमसीसीबारे छलफल हुँदै
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । ३ बजेको लागि आह्वान गरिएको बैठक केही ढिलो गरी सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । आजको बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणा छलफल गर्ने बताइएको छ । त्यस्तै एमसीसीको विषयमा पनि छलफल...
मन्त्री मोक्तानद्वारा विकास निर्माणको अनुगमन
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चितवन जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन गरेकी छिन् । उनले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एक दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको अनुगमन गरेकी हुन् । मन्त्रालय अन्तरगत निर्माणाधिन तथा संचालित विद्यालय र...
कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतलाई
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता...
मुख्यमन्त्री पाण्डे फिल्डमा, प्रदेशसभा भवन चैत्रभित्र निर्माण गरिसक्न निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चैत्रभित्र प्रदेशसभाको सभाहल निर्माणको कार्य सम्पन्न गरिसक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । पाण्डेले आइतबार दिउँसो प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाह, मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका इन्जिनीयर, निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसहित फिल्डमा पुगेर...
बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छाडेका पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि...
विप्लव निकट जनवर्गीय संगठनद्वारा हेटौंडामा चक्काजाम
मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा हेटौंडामा चक्काजाम गरेका छन् । उनीहरुले एक घण्टासम्म चक्काजाम गरेर विरोध गरेका हुन् । उनीहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बाइपासमा प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले पेट्रोलियम...
सात महिनापछि बालुवाटार जाँदै ओली
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छाडेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बालुवाटार जान राजी भएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्न बालुवाटार जान लागेका हुन् । यसबीचमा देउवाले दुई पटक बालुवाटारमा सर्वदलीय बैठक बोलाएका...
स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख कांग्रेसमा प्रवेश
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख शाह शनिबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले पार्टीमा स्वागत गरेका थिए । यसअअघि नेकपा...
मधेस प्रदेश : तीन जिल्लामा एमाले अधिवेशनको मिति तय
धनुषा । नेकपा एमालेले मधेस प्रदेशको तीन जिल्लामा अधिवेशनको मिति तय भएको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बसेको बैठकले सर्लाही, धनुषा र महोत्तरीको एमाले अधिवेशनको मिति तय गरेको हो । बैठकले सर्लाहीको फागुन ७ र ८ गते, धनुषाको ९ र १०, महोत्तरीको फागुन ११ र १२ जिल्ला अधिवेशन...
लागूऔषधसहित हेटौंडाबाट एक महिला पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोबारमा संलग्न एक महिललाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा–१९, बस्तीपुरमा डेरा गरी वस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमाया खत्रीको कोठाबाट ७ सय ९८ एम्पुल लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो । मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार...










