राजनीति/ समाज
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो । सो बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने तयारी रहेको छ । बैठकमा जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल...
शेखर कोइरालाले प्रचण्डलाई भने – कुनै हालतमा पनि चुनावमा गठबन्धन हुँदैन
काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन नहुने बताएका छन् । नेता कोइरालाले आज प्रचण्डसंगको भेटमा आफु गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे । कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका...
वाइसीएल मकवानपुरको संयोजकमा ठकुरी
मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन भएका छन् । वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले उनलाई मकवानपुर संयोजक चयन गरेको हो । यसअघि वाइसीयल मकवानपुरको सचिव रहेका उनी हेटौंडा ४ निवासी हुन् । उनी वाइसीयलको विभिन्न जिम्मेवारीमा एक दशकदेखि सक्रिय रहेका...
माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । बैठक भोलि बिहान ११ बजे बस्ने भएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय...
मन्त्री ढकालले राजनीतिक प्रतिशोध साध्न खोजेको चौलागाईँको आरोप
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालमाथि गम्भिर आरोप लगाएका छन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई र कर्मचारीलाई मानसिकरुपमा काम गर्न हतोत्साहित बनाउने काम मन्त्री ढकालले गरिरहेको आरोप लगाए । ‘मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै स्पष्टिकरण...
जंगली हात्तीबाट प्रभावित परिवारलाई कांग्रेसको राहत, बानियाँद्वारा घर बनाइदिने प्रतिवद्धता
सिन्धुली । नेपाली कांग्रेस बागमती प्रदेश समितिले जंगली हात्तीबाट प्रभावित सिन्धुली जिल्लाका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग उपलब्ध गराएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाकोे विभिन्न क्षेत्रमा पुगेर आज पीडित परिवारलाई राहत उपलब्ध गराएका हुन् । सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर १३ र १४ अन्तरगत पर्ने...
बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने
मकवानपुर । बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने भएको छ । सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै हरेक वर्ष माघ २९ गते मनाइँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्षदेखि नमनाउने निर्णय गरेको जानकारी दिए । संघीय सरकारले पनि...
हेटौंडाको बुद्धचोकमा कोभिड विरुद्धको खोप लगाइँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्ध चोकमा आजबाट कोरोना विरुद्धको खोप अभियान संचालन गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो । हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको...
एमाले चितवनको अध्यक्षमा न्यौपाने
चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । एमाले चितवनको १० औं अधिवेशन उद्घटन भएको एक महिनापछि अध्यक्षमा न्यौपाने चयन भएका हुन् । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । अध्यक्षमा न्यौपाने चयन भएपनि औपचारिक घोषणा भने हुन...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद...










