एमाले संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार ०८:१५
file-photo

काठमाडौं । नेकपा एमाले संसदीय दलकाृ बैठक बस्दैछ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने जनाइएको छ । सो बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ । त्यसका लागि संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई आवश्यक निर्देशन दिने र अन्य महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताए ।