राजनीति/ समाज
माधव नेपालले भने – एमसीसीलाई समर्थन गर्न सकिंदैन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एमसीसी पास गर्ने तयारीमा रहेको बेला नेपालले भने समर्थन गर्न नसकिने प्रतिक्रिया दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
मकवानपुरमा करिब ३ लाख मतदाता
मकवानपुर । सरकारले स्थानीय तह निर्वाचको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको छ । उक्त दिनसम्ममा मकवानपुरमा १ लाख ५२ हजार पुरुष र १ लाख ४५ हजार ५ सय महिला गरी कूल २ लाख ९७ हजार ५ सयले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएको प्रदेश निर्वाचन कार्यालय...
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल हुनेछ । कांग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । कांग्रेस...
कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने
काठमाडौं । कमल थापा नेतृत्वको पक्षले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । बिहिबार राजधानीमा बसेको थापा पक्षको बैठकले सो निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा...
कांग्रेसद्वारा मकवानपुरका ६१० परिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । नेपाली कांग्रेस बागमतीले मकवानपुरको विकट राक्सिराङ र मनहरी गाउँपालिकाका ६१० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । कांग्रेस बागमतीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल...
स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा: हेटौंडामा एमाले बलियो, अन्य दलको अंकगणित यस्तो
मकवानपुर । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका तथा १०२ वटै वडाको विभिन्न पदमा उम्मेदवार बन्न विभिन्न राजनीतिक दलका नेताहरुले आकाँक्षा देखाउन थालिसकेका छन् । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका तथा...
स्थानीय निर्वाचनको लागि राप्रपाले उम्मेदवारी खडा गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी खडा गर्ने निर्णय गरेको छ । बिहिबार पार्टी कार्यालय धुक्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको सो बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय...
एमालेको प्रस्तावः फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौँ
काठमाडौँ । फागुन २ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोही दिन एमालेले विराटनगरमा १ नम्वर प्रदेश स्तरीय भेला आयोजना गरेकोले प्रतिनिधिसभा बैठक सार्न आग्रह गरेको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी...
माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ अर्थात भोलिको लागि बोलाइएको माओवादी केन्द्रको बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार, बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । यसअघि माघ...
कमल थापालाई पुनः पार्टीमा र्फकन आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर जबराले कमल थापालाई पुनः राप्रपामा फर्कन आग्रह गरेका छन् । बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व अध्यक्ष जबराले थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताउँदै पुनः पार्टी फर्कन आग्रह गरेका हुन् । पूर्वअध्यक्ष राणाले अर्का...










