राजनीति/ समाज
स्थानीय निर्वाचन समयमै सम्पन्न गर्न हेटौंडामा सडक बहस
मकवानपुर । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न हेटौंडामा सडक बहस कार्यक्रमको आयोजना गरिएको छ । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुर कमिटीले हेटौंडाको बुद्धचोकमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष एवम्...
स्थानीय तह निर्वाचनको मिति नतोके सातै प्रदेशमा आन्दोलन गर्ने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले सरकारले स्थानीय तह निर्वाचनको मिति विहिबार नतोके सातवटै प्रदेशमा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय...
एमाले नेता एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेता कर्माचार्य बुधबार काठमाडौंमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन् । उनीसहितका अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।...
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत अन्य विषयमा छलफल गरिने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न...
गठबन्धन सरकारलाई देशको चिन्ता छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो यात्रामा पुर्याएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारलाई देशको चिन्ता नभएको भन्दै देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताएका हुन् ।...
लामिछानेद्वारा कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । आज आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले हेटौंडा २ कांग्रेस चोक नजिकै सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्वरको बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।...
युवा संघको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीले मंगलबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रक्तदान कार्यक्रम हुन नसकी रगत अभाव भएको पाइएपछि युवा संघले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम ३६...
सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपछि भण्डारीले ल्होछारको अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी हुन् । राष्ट्रपति भण्डारीले मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली...
आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने भएको हो । सो बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन संचालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसअघि...
प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइँदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमार्फत यस पर्वले सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।...










