राजनीति/ समाज
बागमती प्रदेश सरकारद्वारा ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय
मकवानपुर । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होछार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा बागमती प्रदेश सरकारले माघ १९ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । वर्षेनी तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्थामा प्रदेश सरकारले यस्तो निर्णय गरेको हो...
बागमती प्रदेश: संसदीय समितिको सभापतिमा सिलवाल र पोखरेल निर्विरोध
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा क्रमश नारायाणबहादुर सिलवाल र केशवप्रसाद पोखरेल निर्विरोध भएका छन् । दुवै समितिको सभापतिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु स्वतः चुनिएका हुन् । सिलवाल र पोखरेल दुवै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसीलगायत समसामयिक राजनीतिक विषयमाथि छलफल भएको जनाइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन्...
मकवानपुरको बागमती गाउँपालिकाले सोनाम ल्होछारमा तीन दिन विदा दिने
मकवानपुर । तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आज सूचना जारी गर्दै यही माघ १८ गतेदेखि २० गतेसम्म तीन दिनका लागि पालिका र मातहतका निकायहरुमा विदा दिने जनाएको छ । पालिकाको माघ १६ गते...
मुख्यमन्त्री कार्यालय अगाडि थाल ठटाएर विरोध प्रदर्शन
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि थाल ठटाएर विरोध प्रर्दशन गरेको छ । बागमती प्रदेशको वन ऐन २०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत उनीहरुले आज मुख्यमन्त्री कार्यालयअगाडि केहीबेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । महासंघले देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार बागमती...
हेटौंडाको कर्रा खोला किनारमा महिलाको शव फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा सोमबार एक महिलाको शव फेला परेको छ । अन्दाजी ५५–५६ बर्षकी महिलाको शव फेला परेको र शवको पहिचान भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए । विहान...
बागमती प्रदेशः संसदीय समितिको सभापतिमा एमालेका सांसद् निर्विरोध हुँदै
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको निर्वाचन प्रक्रिया आज संचालन हुँदैछ । दुवै समितिको सभापति पदमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएपछि प्रक्रिया पुरा गर्नको लागि मात्रै निर्वाचन कार्यक्रम तय गरिएको हो । प्रदेशसभाका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार...
राप्रपामा २४ पदाधिकारी मनोनित
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले २४ पदाधिकारी मनोनित गरेका छन् । अध्यक्ष लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ जना पदाधिकारी मनोनित गरेका हुन् । उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई मानोनित गरेका हुन् । राप्रपामा कमल...
बागमती प्रदेशः संसदीय समितिमा शिलवाल र पोखरेलले दिए उम्मेदवारी
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको भोलि हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । आइतबार नेकपा एमालेका सांसद्हरुले मात्रै मनोनयन दर्ता गराएको प्रदेशसभाका सह–प्रवक्ता उमेशराज सोतीले तु खबरलाई जानकारी दिए । दुवै समितिमा सत्ता गठबन्धनको...
बागमती प्रदेशः २ वटा संसदीय समितिको निर्वाचनको लागि मनोनयन दर्ता जारी
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको २ वटा संसदीय समितिको भोलि हुने निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्थ तथा विकास समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको भोलि हुने निर्वाचनमा सभापति पदको मनानयन दर्ता आइतबार भइरहेको प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीले तु खबरलाई...








