राजनीति/ समाज

सामुदायिक वन उपभोक्ता महासंघद्वारा वन मन्त्रालय अगाडि धर्ना

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले बागमती प्रदेशको वन ऐन २०७६ संशोधन गर्न माग गर्दै हेटौंडास्थित वन तथा वातावरण मन्त्रालय अडाडि आइतबार धर्ना दिएको छ । महासंघले उक्त ऐन संशोधन, वन संरक्षण क्षेत्र घोषणा खारेज र संघीय वन नियमावलीमा सुधारका लागि सुझावसमेत दिएको हो । वन ऐनको ९४...

विप्लवको मकवानपुरस्थित पार्टी कार्यालयमा हात हालाहाल: दुई पुरुष घाइते, दुई महिला पक्राउ

मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्तीबगरस्थित कार्यालयमा आइतबार लेनदेनको विषयलाई लिएर विवाद भएको छ । रकम लेनदेनको विषयलाई लिएर दुई महिलाबीच विवाद भइरहेको अवस्थामा दुई पुरुषबीच हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हात हालाहाल...

राष्ट्रियसभा बैठक पुनः अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । जारी विज्ञप्तिमा विशेष कारणवश तोकिएको समयमा बैठक...

सहिद दिवसको अवसरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०७८ मनाइएको छ । सहिद दिवसको उपलक्ष्यमा  प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा आज बिहान पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । बिहान प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरु,...

सहिदको बलिदान र त्यागले नै जनताको शासन स्थापित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदान र त्यागले नै जनताको शासन स्थापित हुन सकेको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सहिदका बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका हुन् । प्रधानमन्त्री देउवाले जारी...

सहिद दिवसले हौसला प्रदान गरोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले सहिद दिवस २०७८ को अवसरमा एक सन्देश जारी गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

प्रतिनिधिसभाको बैठक फेरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक फेरी १० दिनसम्मका लागि स्थगित भएको हो । बैठक यही माघ २६ गते दिउँसो १ बजेका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार...

स्थानीय निर्वाचन आगामी जेठ मसान्तभित्र गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ मसान्तभित्र गर्न सत्तारुढ गठबन्धन दलहरु तयार रहेको छ । गठबन्धनको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठ मसान्तभित्रै निर्वाचन गर्न तयार भएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार,...

बागमती प्रदेश प्रमुख शर्माद्वारा सहिद दिवसको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले  सहिद दिवस २०७८ को सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्दाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन...

सत्तारुढ गठबन्धनको दोस्रो बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनको दोस्रो बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक साँझ पुनः बसेको हो । गठबन्धनको बैठक यसअघि शनिबार बिहान पनि बसेको थियो । सो बैठकमा स्थानीय निर्वाचनको मितिबारे छलफल भएपछि निश्कर्षमा भने पुग्न सकेको थिएन । साँझ सुरु भएको दोस्रो...