लागूऔषधसहित हेटौंडाबाट एक महिला पक्राउ

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार १४:४३

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोबारमा संलग्न एक महिललाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा–१९, बस्तीपुरमा डेरा गरी वस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमाया खत्रीको कोठाबाट ७ सय ९८ एम्पुल लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खत्रीलाई सार्वजनिक गरेका छन् । उनका अनुसार खत्रीको डेराबाट डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुलसहित पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको र कारोबारमा संलग्न अन्यलाई पनि पक्राउ गरिने एसपी गुरुङले बताए ।