राजनीति/ समाज
गोरखामा कांग्रेस गठबन्धनबाट बाहिरियो
काठमाडौँ । गोरखामा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन नसकेपछि गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि...
बागमती प्रदेशसभा सदस्य केशव स्थापितले दिए राजीनामा
मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । स्थापित पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार हुँदा भौतिक पूर्वाधारविकास मन्त्रीसमेत...
मकवानपुरको सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने तय गरेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीले उम्मेदवारी दिने भएका छन् ।...
नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनको लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइनसकेको एक नेताले बताए । पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले...
सत्तारुढ गठबन्धनको अधिकांश उम्मेदवारी भोलि मात्रै दर्ता हुने
काठमाडौं । सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवारी भोलि मात्रै दर्ता गर्ने भएको छ । केही जिल्ला बाहेक साझा उम्मेदवार तय हुन बाँकी रहेकोले भोलि मात्रै उम्मेदवारी दर्ता हुने एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रका नेता देव गुरुङले पनि नमिलेको ठाउँमा...
हेटौंडाको मेयरमा पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय
मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आसन्न निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन बसेको एमालेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३...
एमालेबाट मनहरीको अध्यक्षको टिकट उप्रेतीलाई
मकवानपुर । नेकपा एमालेले मनहरी गाउँपालिकाको अध्यक्ष पदको टिकट एकराज उप्रेतीलाई दिने भएको छ । उप्रेती बहालवाला अध्यक्ष हुन् । उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, एमालेले मनहरी गाउँपालिकाको उपाध्यक्षको टिकट सुजिता थिङलाई दिने निर्णय गरेको छ । एमालेले यसअघि भीमफेदी गाउँपालिकामा...
स्थानीय निर्वाचन : आजबाट उम्मेदवारको मनोनयन दर्ता सुरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारीको मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगले बैशाख ११ र १२ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आयोगले आज र भोलि दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन...
बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने...
बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउनशीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए । शीर्ष नेताबीच सहमति जुटेपछि...










