राजनीति/ समाज
माओवादी केन्द्रबाट हेटौंडा ९ को वडाअध्यक्षमा केसीको नाम सिफारिस
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका लागि २ जना दाबेदार देखिएका छन् । शुक्रबार बसेको वडा कमिटीको बैठकले अध्यक्षमा प्रकाश पौडेल, गौतम केसीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी वडा कमिटीका अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा बसेको बैठकमा...
हेटौंडामा मदन–आश्रितको प्रतिमा तोडफोड
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमासमेत तोडफोड गरेको हो । पार्क व्यवस्थापन समितिले प्रहरीलाई खबर गरिसकेको छ । इलाका प्रहरी...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्दीय कार्यसम्पादनको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक बस्न लागेको हो । बेठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा...
राष्ट्रपति भण्डारी आज चितवन जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जाने भएकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको सङ्घका उपाध्यक्ष...
केन्द्रीय परिचालन उपसमितिमा संयोजकहरू मनोनीत
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् । संयोजक खड्काले भ्रातृ संघ समन्वय एवं...
नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । उक्त घोषणापत्र च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर...
एमालेले महानगर र उपमहानगरका उम्मेदवार बैशाख १० गतेमात्रै टुंगो लगाउने
काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी यही बैशाख १० गतेमात्रै टुंगो लगाउने भएका छन् । एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय...
निर्वाचन आयोगः जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालियो
काठमाडौं । निर्वाचन आयोगले दशेभरका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार, बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइएको हो । अन्य जिल्लाहरुमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उनको भनाइ छ । यही बैशाख ३० गते...
कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी
काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी छ । सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट भएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद...
बागमती प्रदेशसभा सदस्य सुवेदीले दिए राजीनामा
मकवानपुर । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदीले सांसद पदबाट राजीनामा दिएका हुन् । सुवेदीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसदबाट राजीनामा दिएका हुन् । उनले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार...









