मकवानपुरमा कांग्रेसले टुंग्यायो गाउँपालिकाको उम्मेदवार
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर संसदीय समितिको बैठकले जिल्लाको पाँच ८ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरु टुंग्याएको छ । बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेसले पाँच वटा गाउँपालिकाको अध्यक्ष र ३ वटा गाउँपालिकामा उपाध्यक्ष पदको उम्मेदवार तय गरेको हो ।
गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो । कांग्रेसले बकैया गाउँपालिकाको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुरगढीको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाशको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङको अध्यक्षमा राजकुमार मल्ल, मनहरीको अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी बागमती गाउँपालिकाको उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र इन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुङ्गो भने केन्द्रीय बैठकले लगाउने बुझिएको छ ।
