बागमती र बकैयामा मनोनयन दर्ता गराउनेको संख्या शून्य

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १९:३४

मकवानपुर । कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि एक जनाले उम्मेदवारी दर्ता गराएकी छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गढीको अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सन्तमाया बुढाथोकीले मनोनयन दर्ता गराएकी हुन् ।

यस्तै, कैलाश गाउँपालिका वडा नम्वर ९ वडाध्यक्ष पदका लागि राप्रपाका दिनेश सिवाकोटीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मुकुन्द हरि पौडेलले जानकारी दिए । कैलाश-५ को वडाध्यक्ष पदमा नेकपा एमालेबाट छेकु लामाले मनोनयन दर्ता गराएका छन् भने वडा सदस्य पदमा एमालेबाट नै ४ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन दर्ता गराउनेहरुमा दुदु कुमारी मोक्तान, राधिका विक, मानबहादुर पाख्रिन र टेकबहादुर लो रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

यस्तै, वडा नम्वर १० को वडाध्यक्ष पदका लागि राप्रपाबाट दिनेशकुमार गोलेले मनोनयन दर्ता गराएका छन् भने एमालेको तर्फबाट सूर्यबहादुर भ्लोनले मनोनयन दर्ता गराएका छन् । यसैगरी, वडा नम्वर १० को महिला सदस्यमा राप्रपाकी विन्द्रमाया ब्लोन, राप्रपाको सदस्य संजयबहादुर स्याङ्ता र उर्जेन दोर्जे गोलेले मनोनयन दर्ता गराएका छन् भने एमालेबाट जुनसरी राई, बिमला सुनार, दिनेश थिङ र प्रताप सिं वाइबाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पौडेलले बताए ।

त्यस्तै, इन्द्रसरोवर गाउँपालिका अध्यक्षका लागि एक जनाको मनोनयान दर्ता भएको छ । पालिका अध्यक्ष पदका लागि जसपाबाट देवकुमार लामाले मनोनयन दर्ता गराएका हुन् ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–५ मा स्वतन्त्र तर्फबाट राजन लामाले मनोनयन दर्ता गराएका छन् भने वडा नम्वर–२ नम्वरको अध्यक्ष पदमा जसपाबाट विरेन्द्र गोले र सदस्य पदमा राम डिम्डुङले मनोनयन दर्ता गराएको मुरारी वस्तीले जानकारी दिए ।

त्यसैगरी, मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा २ जनाले मनोनयन दर्ता गराएका छन् । पालिका अध्यक्षमा स्वतन्त्र तर्फबाट कृष्णप्रसाद कँडेलले मनोनयन दर्ता गराएका छन् भने पालिका अध्यक्ष पदमा अर्का मंगोल नेशनल अर्गनाइजेशन युवराज लामाले मनोनयन दर्ता गराएका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर–१ को अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका दिनेशकुमार स्याङ्तानले मनोनयन दर्ता गराएका छन् भने महिला सदस्य पदमा मंगोल नेशनल अर्गनाइजेशनकी दुधकुमारी स्याङ्तानले मनोायन दर्ता गराएको निर्वाचन अधिकृत नयरायन प्रसाद पोखरेलले जानकारी दिए ।

त्यसैगरी, राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा मंगोल नेशनल अर्गनाइजेशनका युनिस मोक्तानले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गोपालप्रसाद कंडेलले जानकारी दिए ।

मकवापुरको मनहरी र भीमफेदी गाउापालिकामा मनोनयन दर्ता गराएका उम्मेदवारहको कागजपत्रहरु रुजु गर्ने कार्य जारी रहेको छ भने बकैया र बागमती गाउँपालिकामा मनोनयन दर्ता नै भएको छैन ।