राजनीति/ समाज
थाहाको मेयरमा कांग्रेस वीपीका भोम्जनले गरे मनोनयन दर्ता
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको मेयर पदमा एक जनाले मनोनयन दर्ता गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि थाहाको मेयर पदमा नेपाली कांग्रेस वीपीबाट विरबहादुर भोम्जनले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिए । त्यस्तै, थाहा नगरपालिका वडा नम्वर ५ र ९ को वडाध्यक्ष पदका लागि...
एमाले अध्यक्ष केपी ओली हेटौंडा आउँदै
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही बैशाख १८ गते हेटौंडा आउने भएका छन् । एमाले मकवानपुरले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा आउने भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । पूर्व प्रधानमन्त्री समेत रहेका उनले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौंडाको हुप्रचौरमा हुने...
हेटौंडाको मेयरमा ७ जनाको मनोनयन दर्ता
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयर पदको लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । हेटौंडाको मेयर पदका लागि नेपाल मजदुर किसान...
मकवानपुरमा टुंगियो गठबन्धनको भागबण्डा
मकवानपुर । मकवानपुरमा सत्तारुढ गठबन्धन दलले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुंगो लगाएको छ । नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार बसेको प्रदेश स्तरीय गठबन्धन बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार, मकवानपुरमा ५ वटा स्थानीय तह कांग्रेस, ३ वटा माओवादी केन्द्र र...
हेटौंडाको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो समाचार तयार पार्दासम्म हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ४ जना र स्वतन्त्र २ जना गरी ६ जनाले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका...
धादिङमा गठबन्धनले टुंग्यायो उम्मेदवारीको भागबण्डा
काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागवण्डा टुंगो लगाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारीको भागवण्डा टुंगो लगाएको हो । गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुख र ४ स्थानीय...
हेटौंडा अस्पतालमा सुत्केरीको मृत्यु
मकवानपुर । हेटौंडा अस्पतालमा गएराती सुत्केरी महिलाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ स्थायी घर भइ हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामाया मोक्तानको गएराति मृत्यु भएको हो । मोक्तानलाई सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा...
हेटौंडा उपमहानगरः यी हुन् एमालेबाट वडाध्यक्षका उम्मेदवार
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा वडा अध्यक्षको उम्मेदवार टुंग्याएको छ । एमाले मकवानपुरले दिएको जानकारी अनुसार एमालेबाट ८ जना पुराना उम्मेदवार दोहोरिएका छन् भने बाँकी ११ वडामा नयाँ उम्मेदवार तय गरिएको छ । एमालेले वडा नम्वर १ मा उत्तमप्रसाद पौडेल,...
कांग्रेसद्वारा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच निर्वाचनका लागि घोषणापत्र सार्वजिक गरेको हो । निर्वाचन घोषणापत्रमा पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाको उपस्थिति रहेको थियो ।...
बकैया गाउँपालिकामा गठबन्धनबाट बाहिरियो कांग्रेस, मित्रवत प्रतिस्पर्धा गर्ने
मकवानपुर । बकैया गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस बकैया गाउँ कार्यसमितिले आइतबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहको मनोभावना विपरित केन्द्रबाट गठबन्धन लाद्न खोजिएको भन्दै गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो । कांग्रेस बकैया सभापति दिलबहादुर बोम्जन लामाले गठबन्धनका दलहरुबीच मित्रवत रुपमा चुनावी प्रतिस्पर्धामा जान मिल्ने प्रावधान रहेको...









