राजनीति/ समाज
स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी परिचालन, कुन प्रदेशमा कति ? (सूचीसहित)
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । निर्वाचनका लागि काठमाडौं उपत्यकासहित ७ प्रदेश ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरीलाई परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका...
आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानविन सुरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमाथि आजदेखि छानविन सुुरु हुने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज...
थाहाको मेयरमा ६ र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि थाहानगरपालिकाको मेयर पदमा ६ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय थाहानगरपालिकाले जनाएको छ । मेयर पदको लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादीका विष्णुबहादुर विष्ट, नेकपा एमालेबाट अचुत्तमप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
कांग्रेस मकवानपुरको प्रवक्तामा चौलागाईं
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रवक्तामा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । जिल्ला सभापति बुद्ध लामाले मंगलबार चौलागाईंलाई प्रवक्तामा नियुक्त गरेका हुन् । जिल्ला सदस्यमध्येबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने व्यवस्थाअनुसार जिल्ला सदस्य चौलागाईंलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्तामा नियुक्त भइपछि चौलागाईंले पार्टीको नीति विधि र पद्धतीमा...
हेटौंडामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै एमाले
मकवानपुर । नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक सडकमा चुनाव चिन्ह बनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित सडकमा एमालेले चुनाव चिन्ह ‘सुर्य’ को तस्वीर बनाएर प्रचार गरेपछि अन्य राजनीतिक दलहरुले आपत्ती जनाएका छन् । निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म...
हेटौंडाको कुन वडामा कसको उम्मेदवारी ? (नामावलीसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमहानगरपालिकाको १९ वटै वडामा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदका लागि ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि...
बकैयाको अध्यक्षमा ८ जनाको उम्मेदवारी
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि बकैया गाउँपालिका अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ७ जना र स्वतन्त्र तर्फबाट १ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे, नेपाली...
इन्द्रसरोवरको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट ५ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ । इन्द्रसरोवरको अध्यक्ष पदका लागि राजनीतिक दलको तर्फबाट एकीकृत समाजवादीका जिवन लामा, जनता...
स्थानीय निर्वाचन : १ लाख ३७ हजारको उम्मेदवारी, बागमतीमा मात्रै २३०९६
मकवानपुर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार, देशभरका ३७ हजार ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसअनुसार, प्रदेश नं. १ मा २१ हजार ८ सय ७९, मधेश प्रदेशमा ३४ हजार ७ सय...
हेटौंडाको उपमेयरमा ११ जनाको मनोनयन दर्ता, क–कस्को उम्मेदवारी ? (नामावलीसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको लागि ११ जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार, उपमेयर पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ,...









