राक्सिराङमा एक वडा सदस्य निर्विरोध
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध भएकी छिन् । वडा नम्वर ४ मा दलित महिला वडा सदस्य पदमा मनोनयन दर्ता गराएकी सजिना नेपाली निर्विरोध भएकी राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिए । उक्त पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।
राक्सिराङमा २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका १ जना र उपाध्यक्षमा उम्मेदवारी दिएका १ जना सहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कँडेलले बताएका छन् ।
