बालेन शाहलाई लौरो चुनाव चिन्ह्र

तु खबर संवाददाता
२०७९ बैशाख १७,शनिबार १४:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह्र पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाहलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिन्ह्र दिएको हो ।

त्यस्तै, आयोगले पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई पनि लौरो चुनाव चिन्ह्र प्रदान गरेको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै निर्वाचन अधिकृतको कार्यालयले शनिबार देशभर चुनाव चिन्ह्र प्रदान गरिरहेको छ । आयोगले आज साँझ ५ बजेसम्म चुनाव चिन्ह्र प्रदान गरिने जनाएको छ ।