राजनीति/ समाज

हेटौंडाको मेयरमा २१ जनाको मनोनयन दर्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि २१ जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार, मेयर पदका लागि आइतबार...

एमालेद्वारा बकैयामा अध्यक्ष, उपाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बकैया गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष सहित १२ वटै वडा अध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमाले बकैयाको पार्टी कार्यालय हात्तिसुंडेबाट र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षको लागि सरला बोलखे तथा उपाध्यक्षको लागि लालबहादुर स्याङ्तानले उम्मेदवारी दर्ता गराएका...

हेटौंडाको मेयरमा राप्रपाबाट दीपक सिंहले दिए उम्मेदवारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् । गएको निर्वाचनमा तत्कालिन राप्रपाबाट मधुकर अधिकारी मेयरको...

एउटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले  एउटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राख्न नपाउने जानकारी गराएका हुन् । उनले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको...

गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको उम्मेदवारी दर्ता

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट हेटौंडाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु दुबैले मनोनयनपत्र दर्ता गराइसकेका छन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २...

जसपाबाट हेटौंडाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । सत्तारुढ गठबन्धनभित्रै रहेका जसपाले हेटौंडाको मेयर र उपमेयर पदमा भने छुट्टै मनोनयन दर्ता गराएको हो । जसपाबाट हेटौंडाको मेयर पदमा दीपा लामा र उपमेयर पदमा हरिहर...

उम्मेदवारी दिन दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्यो गठबन्धन दल

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । बाजागाजा र झाँकीसहित ठूलो संख्यामा संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । गठबन्धनबाट...

एमालेबाट हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेद्वारा मनोनयन दर्ता

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले हेटौंडाको मेयर र उपमेयर मनोनयन दर्ता गराएको हो । एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर...

बागमती गाउँपालिकाः एमालेले गरायो उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा एमाले बागमती गाउँपालिकाले आसन्न स्थानीय तह निर्वाचनको लागि अध्यक्ष/उपाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय झुरझुरे पुगेर एमालेको तर्फबाट अध्यक्षमा खेमराज जर्गामगर तथा उपाध्यक्षमा धनमाया स्याङ्तान सहित सबै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका हुन् । हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले...

मनोनयनअघि हेटौंडामा एमालेको र्‍याली (फोटो फिचर)

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न नेकपा एमाले हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । बाजागाजा र झाँकीसहित सयौँको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । एमालेबाट हेटौंडाको मेयरमा...