राजनीति/ समाज
जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण
मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बेथखोल्सीको पार्कमा वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दीपक निरौला, नेकपा...
बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि केही समय ढिलो गरी बैठक सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी...
नयाँ पार्टी घोषणा गर्दै वामदेव, मकवानपुरका ढुंगाना केन्द्रीय सदस्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गदैछन्। नेकपा एमालेका पूर्वनेता गौतमले आज दिउँसो ३ बजे रिपोर्टस् क्लबमा पत्रकार सम्मेलनमार्फत् नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन् । उनले घोषणा गर्न लागेको पार्टीमा निर्वाचन आयोगमा यस अगाडि दर्ता भइसकेका...
बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयगत मन्त्रालय र शिर्षकमाथि छलफल हुनेछ । आज ५ मन्त्रालयसहित प्रदेशसभा...
गठबन्धन सरकार धेरै समय टिक्दैन : पूर्वमन्त्री लामा
मकवानपुर । नेकपा एमालेका नेता एवम् बागमती प्रदेशसभा सदस्य दावा दोर्जे लामाले वर्तमान सत्तारुढ गठबन्धन धेरै समय नटिक्ने बताएका छन् । बागमती प्रदेशको पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका लामाले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयगत मन्त्रालय माथिको छलफलका क्रममा बोल्दै सो...
कसैले माग्दैमा म राजीनामा दिन्नः मन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैले मागेको भरमा आफुले राजीनामा नदिने बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा उनले आफुले राजीनामा नदिने तथा सही र गलतको पुष्टि इतिहासले गर्ने बताए । “बजेट जनताको पक्षमा ल्याएका कारणले, बजेट देशको पक्षमा ल्याएका कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गनुपर्छ...
महिलाहरुको आर्थिक अवस्था उकास्नुपर्छः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनुपर्ने बताएका छन् । हेटौंडामा आजबाट सुरु भएको प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनुपर्ने उल्लेख गरे...
हेटौंडा अस्पतालमा देखिएका कमजोरी सुधार्ने मन्त्री लामाको प्रतिवद्धता
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल सुधारका लागि पहल गरिरहेका युवा अभियन्ताहरुको टोलीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउने बताएका हुन् । उनले नीतिगत एवम् कानूनी र...
बागमती प्रदेशसभाः विनियोजन विधेयक २०७९ स्वीकृत
मकवानपुर । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकले विनियोजन विधेयक २०७९ लाई सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएका थिए । अर्थमन्त्री जम्कट्टेलले सदनमा पेश गरेको सो प्रस्तावको विपक्षमा सांसद्हरु नदेखिएपछि सभामुख...
रफ्तारमा काम गर्छु – सहरी विकासमन्त्री चौधरी
काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सपथसँगै पदभार ग्रहण गरेका छन् । सोही क्रममा उनले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । उनले पदको गरिमालाई ख्यालमा राखेर काम गर्ने र पदको दुरुपयोग नगर्ने दावी गरेका छन् । छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले...









