राजनीति/ समाज

रवि लामिछाने नेतृत्वको पार्टी दर्ता

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको जनाएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक (२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा...

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यालय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको सचिव अधिकारीले जानकारी दिए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो...

प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

मकवानपुर । नेपाल प्रेस युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...

बागमती प्रदेशमा मेरो नेतृत्वमा सरकार परिवर्तन हुन्छ – इन्द्र बानियाँ

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका बानियाँले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा चाँडै सरकार गठन हुने बताए । विहिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बानियाँले सरकार परिवर्तनको लागि आवश्यक प्रक्रिया मिलाउनका लागि मुख्यमन्त्री राजेन्द्र...

बागमती प्रदेश : सत्ता परिवर्तनको लागि हस्ताक्षर संकलन गर्दै कांग्रेस र माओवादी केन्द्र

मकवानपुर । बागमती प्रदेशको सत्ता परिवर्तनको लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलनमा जुटेका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट पास भएलगतै मुख्यमन्त्री परिवर्तन गर्ने गरी कांग्रेस र माओवादीका सांसदहरुले एकीकृत समाजवादीविरुद्ध हस्ताक्षर संकलन कार्य सुरु गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद...

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको...

बागमती प्रदेशसभाको बजेट बहुमत पारित

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारले ल्याएको बजेट बहुमतले पारित गरिएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि प्रस्ताव...

बागमती प्रदेशसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याइएको विनियोजित बजेट पारित गर्ने तयारी रहेको छ । प्रदेश...