राजनीति/ समाज

थाहा नगरपालिकाः अक्सिजन प्लान्ट र नगर अस्पताल निर्माण गरिने, जेष्ठ नागरिकलाई घरमै औषधि पुर्याइने

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । थाहाले हरेक नागरिकको स्वास्थ्य अवस्थाको तथ्याङ्क राखी नगरको खास स्वास्थ्य अवस्था पहिचान गरेर रोग...

हेटौंडा नगरसभा बैठक स्थगित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा स्थगित भएको छ । नेकपा एमालेले बहिष्कार गरेपछि असार १२ गतेसम्ममा स्थगित भएको हो । नगरसभामा गणपुरक संख्या नपुगेकाले आज हुने भनिएको नगरसभा स्थगित भएको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन्...

पूर्वाधार विकासतर्फ थाहा नगरको यस्तो छ योजना

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । थाहाले सडक, यातायात तथा पूर्वाधार निर्माणतर्फ थानकोट—चन्द्रागीरी—चित्लाङ सडक निर्माण सम्पन्न गर्न संघीय र प्रदेश...

कैलाश गाउँपालिकाः स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चारतर्फ यस्ता छन् योजना

मकवानपुर । कैलाश गाउँपालिकाले एमबिबिएस डाक्टर र अल्ट्रासाउन्ड सुविधासहितको कैलाश अस्पताल यसै आर्थिक बर्षभित्र संचालनमा ल्याउने जनाएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...

कैलाश गाउँपालिकाः प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति, चेली प्रोत्साहन कार्यक्रम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने भएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा...

राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सात वटै प्रदेशबाट सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले...

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ । बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकराी दिए । उनका अनुसार, केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र...

मकवानपुरका १० वटै पालिकाले वार्षिक बजेट ल्याउँदै

मकवानपुर । मकवानपुरका १० वटै पालिकाले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार आज सबै पालिकाहरुले बजेट प्रस्तुत गर्दैछन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, बकैया, भीमफेदी,...

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।...

अनेरास्ववियु क्रान्तिकारी मकवानपुरद्वारा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले शिक्षा क्षेत्रमा भएको विकृति, विसंगतिहरुको उन्मूलन गर्न र संविधानतः निशुल्क शिक्षा लागू गर्न माग गर्दै आज मनहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्यबहादुर गोले नेतृत्वको टोलीले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई बुझाएको हो...