राजनीति/ समाज
नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले विश्व संम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका...
बागमती प्रदेशः सर्वदलीय बैठकमा जुट्यो सहमति, बजेट संसोधन गर्न सरकार तयार
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यकासाथ आह्वान गरेको बैठकमा सहमति जुटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको बजेट संसोधन गर्ने विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।...
नव नियुक्त मन्त्रीहरूको शपथ आज हुँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री देउवाले आइतबार साँझ एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका जीवनराम...
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दैछ । बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । उक्त बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने जनाइएको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा...
रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी कार्यशाला सम्पन्न
मकवानपुर । एस्ट्रोनोभा फाउन्डेशन नेपालले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यले आयोजना गरेको रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी ११ दिने कार्यशाला सम्पन्न भएको छ । आइतबार समापन समारोहमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिन् । समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले विज्ञान...
हेटौंडा उपमहानगरपालिकाः हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभाबाट उप–प्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकाले आगामी आवको लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय...
बागमती प्रदेश : नेकपा एमालेद्वारा बजेट पुस्तिका फिर्ता
मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् । एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर...
हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ७१ करोडको बजेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज हेटौडामा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानीयाँले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३...
एमालेसँग ३ बुँदे सहमति भएपछि सुरु भयो हेटौंडाको नगरसभा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार सुरु भएको छ । दिउँसो १ बजेको लागि आह्वान गरिएको नगरसभा केही घण्टा ढिलो गरी सुरु भएको हो । मकवानपुरका ९ वटै पालिकाहरुले असार १० गते नै गाउँ तथा नगरसभामार्फत् आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकामा...
सहकारीका संचालक तथा कर्मचारीलाई लेखा व्यवस्थापन तालिम
मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजना र बागमती प्रदेश सहकारी बोर्डको सहयोगमा बकैयामा ४ दिने सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ । आज पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले तालिमको औपचारिक उद्घाटन गरे । उनले प्रशिक्षकलाई तालिमका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष...








