हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ७१ करोडको बजेट

तु खबर संवाददाता
२०७९ असार १२, आईतवार १६:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज हेटौडामा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानीयाँले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन भएको छ । वन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ ।

त्यस्तै विविध कोषतर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको उप–प्रमुख बानियाँले उल्लेख गरेका छन् ।