नयाँ पार्टी घोषणा गर्दै वामदेव, मकवानपुरका ढुंगाना केन्द्रीय सदस्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गदैछन्। नेकपा एमालेका पूर्वनेता गौतमले आज दिउँसो ३ बजे रिपोर्टस् क्लबमा पत्रकार सम्मेलनमार्फत् नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन् ।
उनले घोषणा गर्न लागेको पार्टीमा निर्वाचन आयोगमा यस अगाडि दर्ता भइसकेका समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी पार्टी सम्मिलित हुने भएका छन् । नयाँ दलको संयोजकमा गौतम नै रहने छन् भने पदाधिकारीमा डिबी कार्की सचिव रहने प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुनेछ। उनले नेकपा विभाजनपछि एमाले र एकीकृत समाजवादी कतैपनि नलागी सबै कम्युनिष्ट एक हुनुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए ।
केही दिन अगाडि वामदेवले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय गरेका थिए ।


