राजनीति/ समाज
बागमती प्रदेश सांसद श्रेष्ठसहित ७ जनाले छाडे विवेकशील साझा
काठमाडौं । बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठसहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा छाडेका छन् । पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको एवम् सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभाससहित पार्टीको केन्द्रीय समिति सदस्य नरहने...
कर्णालीका दुई मन्त्रीले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पदबाट राजीनामा दिएका हुन् । उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्...
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । यसैगरी,...
एमाले निर्वाचन परिचालन कमिटीको बैठक ११ बजे बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने भएको हो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु,...
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने भएको हो । साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दैछ । बैठक बिहान १०ः ३० बजेदेखि सुरु हुनेछ । उक्त बैठकमा समूहगत छलफलले निरन्तरता पाउने भएको जनाइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय...
सडक सुधार र पार्किङ व्यवस्थापन गर्न नेविसंघको माग
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले तीन दिनभित्र सडकको अवसस्था सुधार सहित पार्किकङको व्यवस्था गर्न माग गरेको हो...
कमल थापा अदालत जाँदै
मकवानपुर । राप्रपा नेपालका अधयक्ष कमल थापा अदालत जाने भएक छन् । अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटर मार्फत निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध अदालत जाने बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि अध्यक्ष थापा अदालत जान लागेका हुन् । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो...
आसन्न निर्वाचन : एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट भोलि शनिबार तोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको पार्टीको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ । त्यस्तै, बैठकले विभिन्न पार्टी...
आसन्न निर्वाचनमा उम्मेदवारी नदिने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । पूर्वमुख्यमन्त्री पौडेलले शुक्रबार एक सन्देश जारी गर्दै आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ...









