राजनीति/ समाज

नेकपा एकीकृत समाजवादीले भोलि पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार (भोलि) दिउँसो १ बजे...

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् । भेटमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा...

निर्वाचन पर्यवेक्षणका लागि १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको...

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । भदौं २९ गतेभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्ने भएको हो । मंगलवार बसेको सिफारिस समिति बैठकले...

चुनावी अभियानका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटायो

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संचालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले देशभर प्रतिनिधि खटाएको छ । कांग्रेसले यही भदौ १० गतेदेखि संचालन हुने ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । उक्त अभियानका लागि डोल्पा र...

आज पनि निष्कर्षबिहीन नै टुंगियो गठबन्धनको बैठक

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्षबिहीन नै टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरु पनि सहभागी थिए । कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । कार्यदलमा कुनै सहमति...

मकवानपुरमा १५८५ उम्मेदवारीले बझाएनन् निर्वाचन खर्च

मकवानपुर । मकवानपुरमा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलका १ हजार ५८५ जना उम्मेद्वारहरुले निर्वाचन खर्च बुझाएका छैन । निर्वाचन कार्यालय मकवानपुरका अनुसार, गत बैशाख ३१ गते मकवापुरको १० स्थानीय तहमा ५३० पदको लागि १ हजार ९३१ जनाले उम्मेदवारी दिएका थिए । जसमा ३४६ जनाले...

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थानीय कमिटी बैठक आज बस्दैछ । निर्वाचनको तयारी तथा रणनीति बनाउन आज स्थानीय कमिटी बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सो बैठकले संघीय...

सिट बाँडफाँटको सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक निष्कर्ष बिहीन भएर टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल सहमति निकट पुगेकाले...

सिट बाँडफाँट गर्न बसेको गठबन्धन बैठक निष्कर्षबिहीन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष बिहीन सकिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।...