एमालेको स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र ७, मंगलवार ०८:५९
file-photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थानीय कमिटी बैठक आज बस्दैछ । निर्वाचनको तयारी तथा रणनीति बनाउन आज स्थानीय कमिटी बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ ।

आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ ।