सिट बाँडफाँटको सहमति जुटाउन गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक निष्कर्ष बिहीन भएर टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने कार्कीको भनाई छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि सहमति जुट्न नसक्दा अन्योलता बढेको छ ।
