राजनीति/ समाज

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी बैठकमा कानून,...

स्व. गिरीको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरीको १३ औं दिनको पुण्यतिथिमा कांग्रेस मकवानपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बिहीबार कांग्रेस पार्टी कार्यालय हेटौंडामा सभाको आयोजना गरिएको हो । कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायतको अध्यक्षता एवम् कांग्रेसका निवर्तमान कार्यबाहक सभापति बिष्णु लामिछाने, पूर्व सभापति माइकल...

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानीलगायत अन्य सिफारिसलगायतका सेवाबारे उनले सेवाग्राहीसँग बुझ्नुको साथै सम्बन्धित कक्षमा नै पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराई उनीहरुलाई सेवा लिन आउँदा...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो । उक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै, बैठकमा बीमा विधेयक २०७५, सार्वजनिक...

कांग्रेसद्वारा मकवानपुरका पालिकास्तरमा भेला तथा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी सुरुवात गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानले मकवानपुर जिल्लामा पनि तीव्रता पाएको छ । भदौ १२ गते मकवानपुर जिल्लाको १०२ वडामा क्रियाशील भेला गरेर सुरु भएको अभियानअन्तर्गत् बुधबार जिल्लाभर पालिकास्तरमा भेला तथा अन्तरक्रिया ...

सत्ता गठबन्धन : कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधि सभाका १ सय ६५ तथा प्रदेश सभाका ३ सय...

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने

काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने तयारी गरेका छन् । उक्त तयारी अनुसार गठबन्धन दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको...

भदौं २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौं २० गतेभित्र उम्मेदवारी सिफारिस गर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्न निर्देशन दिइएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त...

राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन आदेश दिएको छ । सर्वाच्चले आगामी भदौं १४ गतेसम्म राप्रपा नेपाललाई निर्वाचन न्ह्रि नदिन निर्वाचन आयोगलाई निर्देशन भएको हो । आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र...

जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी

काठमाडौं । महाभियोगको सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी परेको छ । महाभियोगको प्रस्ताव पुष्टि हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै उमेश बानियाँले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् । आफूले २०७३ कार्तिक २९ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा चलेका मुद्दाका विषयमा न्यायपरिषदमा उजुरी गरेको र न्यायपरिषदबाट...