राजनीति/ समाज
भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहबीच सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पद प्रदान गरेकी हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थअधिकारीहरुको सहभागिता थियो । नेपाल भ्रमणको सिलसिलामा पाण्डे...
गृहमन्त्री खाँणले दिए सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित...
संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बागमतीका मुख्यमन्त्री पाण्डेको चेतावनी
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय संसद् राष्ट्रियसभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको जिकिर गर्दै मुद्दा हाल्ने चेतावनी दिएका...
भारतीय सेनाध्यक्षलाई शीतल निवासमा मानार्थ महारथीको दर्जा प्रदान गरिने
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् । सोमबार राष्ट्रपति...
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै
काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई...
प्रतिनिधिसभा बैठक : डेंगू नियन्त्रण गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले देशभर डेंगू संक्रमण फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्नको लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगू संक्रमण देशभर फैलिएको भन्दै त्यसलाई नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी हुन्...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श...
एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउने माधव नेपालको दाबी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दाबी गरेका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधयक्ष नेपालले सो कुरा बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५...
राप्रपा नेपालद्वारा मकवानपुर–१ मा चुनाव लड्न कमल थापाको नाम सिफारिस
मकवानपुर । आगामी मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर–१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर–१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम सिफारिस गरेको हो । बैठकले मकवानपुर–१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापालाई सर्वसम्मतले निर्णय गरेको...
नेपाली कांग्रेस : मकवानपुर–१ बाट चुनाव लड्न चार जनाको नाम सिफारिस
मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–१ बाट चुनाव लड्न नेपाली कांंग्रेसले ४ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको कांग्रेस मकवानपुर–१ को क्षेत्रिय समितिको बैठकले सो क्षेत्रबाट कांग्रेस मकवानपुरका चार नेताको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको हो । बैठकको निर्णयअनुसा रनेपाली...










