राप्रपा नेपालद्वारा मकवानपुर–१ मा चुनाव लड्न कमल थापाको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १६:१३
file-photo

मकवानपुर । आगामी मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर–१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर–१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम सिफारिस गरेको हो ।

बैठकले मकवानपुर–१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापालाई सर्वसम्मतले निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार, अन्य निर्वाचन क्षेत्रमा भने राप्रपा नेपालले उम्मेदवार सिफारिस गरेको छैन ।

अन्य क्षेत्रको प्रतिनिधि र प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फबाट चुनाव लड्ने उम्मेदवार र समानुपातिक तर्फका उम्मेदवारको नाम अर्को बैठकले निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष सापकोटाले बताए ।