राजनीति/ समाज

विरोध खतिवडाको आग्रहपछि खड्का रिहा

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभातर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरोसतमा रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का पुरुषोत्तम खड्का रिहा भएका छन् । एकीकृत समाजवादीका नेता खतिवडाले आफुलाई दुर्व्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको...

कांग्रेसद्वारा थप चार जनालाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै थप दुई जनालाई ५ वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश दिएका हुन् । कांग्रसले कारबाही गरेकामा उदयपुरका रामकुमार राई, मीनकुमार दाहाल,...

निर्वाचन जितेको खण्डमा मल कारखाना संचालन गर्छु : पराजुली

मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को (ख) प्रदेश सभा सदस्य पदमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता अनन्दराम पराजुलीले आसन्न निर्वाचनमा आफुलाई मतदान गरी जिताए जिल्लामा मल कारखाना उद्योग संचालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...

करुण हृदयका बानियाँ : जो विपन्नको उपचार खर्च तिरिदिन अस्पतालमै पुग्छन्

मकवानपुर । विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि देखाउँछन्...

मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने आग्ह गरेको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियानलाई तीब्रता दिन आग्रह गरेको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन...

यसरी सकियो जग्गा व्यवसायी ध्रुव घिमिरेको नाटक

हेटौंडा । घटना कात्तिक २० गते आइतबारको हो । घरजग्गा व्यवसायी ध्रुव घिमिरे हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामालाई कित्ताकाट खुलाउन अनुचित दबाब दिन पुगे । लामाले मंसिर ४ गतेको निर्वाचन सकिएपछि प्रकृयासम्मत रुपमा यसबारे आधिकारिक निर्णय गर्ने जानकारी दिइन् । मंसिर ४ पछि निर्णय गर्ने विषयमा व्यवसायी घिमिरे तयार...

गठबन्धनलाई भोट नहाले ५ वर्ष दुःख पाईन्छ : मोक्तान

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ ‘क’ की प्रदेश सभा सदस्य पदकी उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले ५ वर्ष दुःख पाउँने बताएकी छन् । उनले बधबार मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–१, नयाँ गाउँमा आयोजित चुनावी कोणसभामा बोल्दै गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ...

क्रेज बढाउँदै डीना

मकवानपुर । मकवानपुरबाट प्रतिनिधित्व गरेर राष्ट्रिय राजनीतिमा उच्च स्थानसम्म पुग्ने एक मात्र महिला हुन् महालक्ष्मी उपाध्याय ‘डीना’ । उनी नेपाली कांग्रेसको सहमहामन्त्री हुन् । कांग्रेसको पदाधिकारी मध्ये उनी त्यो स्थानसम्म पुग्ने पहिलो व्यक्ति पनि हुन् । लामो राजनीतिक इमान्दारिता पश्चातः राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उडन भर्न सफल महिला हुन्...

हेटौंडा–३ मा बानियाँको घरदैलो

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । बुधबार बिहान बानियाँ, क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार रहेका विरोध खतिवडा सँगसँगै हेटौंडा– ३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् ।...

मकवानपुर २ (ख) : घलान, बल र लामाले गरे उम्मेदवारी निष्क्रिय, बानियाँलाई सघाउने

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै कांग्रेसका र्इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उनीहरुले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक...