राजनीति/ समाज
केपी ओलीले मात्रै देशलाई संकटमुक्त गराउन सक्छन्ः कमल थापा
मकवानपुर । सूर्य चिन्ह लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्वर– १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले मात्रै देशलाई संकटबाट मुक्त तुल्याउने बताएका छन् । राप्रपा नेपालका अध्यक्षसमेत रहेका उनले आगामी मंसिर ४ मा...
धार्मिक क्षेत्रको विकासमा बानियाँको योगदान
हेटौंडा । धर्म अनुशासन हो, धार्मिक सहिष्णुताले नै सामाजिक सद्भाव कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यहि मान्यतालाई अनुशरण गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले धार्मिक क्षेत्रको विकासमा ध्यान पुर्याएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ ‘सर्वधर्म समभाव’को मान्यता राख्दै सबै धर्म र संस्कृतिप्रति सम्मान रहेको बताउँछन्...
शैक्षिक क्षेत्रका समस्या हल गर्न पहल गर्छु : छिन्तु
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले मुलुकको समृद्धिका लागि नै गठबन्धन निमार्ण भएकाले यहाँको शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने बताएका छन् । शनिवार बकैया गाउँपालिकामा आयोजित ‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका...
तपाईकै कारण हाम्रो क्षेत्रको विकासले फड्को मारेको छ : थ्यांक यु ईन्द्र बानियाँ
मकवानपुर । मेरो नाम जगत सुवेदी हो । म मनहरी गाउँपालिका वडा नम्वर ७ रमौलीमा बस्छु । विगतदेखि नै हाम्रो यो ठाउँमा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्र बानियाँले यो बस्ती स्थान्तरण भएर आए लगतै यो बाटोलाई ग्राभल गर्ने काम पहिलो प्राथमिकतामा राखी उहाँले नै बाटो पिच गराउनुभयो । मनहरी...
परमादेशको नजिर गलत सावित गर्न एमालेको सरकार आवश्यकः एकनाथ ढकाल
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सर्वोच्च अदालतले जनताले दिएको स्पष्ट जनादेश हुँदाहुँदै देशीविदेशी चलखेलको प्रभावमा परमादेश जारी गरेको भन्दै त्यो गलत नजिरलाई सावित गर्नको लागि अब नेकपा एमालेको सरकार बन्नुपर्ने बताएका छन् । शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले अदालतले परमादेश जारी गरेर अन्याय...
मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई...
युवालाई सीप र रोजगारीसँग जोड्न गठबन्धन प्रतिवद्ध छ : बानियाँ
मकवानपुर । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको तयारीको क्रममा लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध राक्सिराङ गाउँपालिकाका युवाहरुको भेला शनिबार मनहरीमा गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन युवा संगठनहरुले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गर्न भेला आयोजना गरिएको हो । भेलामा बोल्दै लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र...
तपाईको सहयोगले जिउने हौसला र साहस बढेको छ : थ्यांक यु ईन्द्र बानियाँ
मकवानपुर । मेरो नाम ईन्द्रबहादुर बस्नेत हो । मेरो घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा पर्छ । म अहिले अटो चलाएर दैनिक जीवनयापन गरिरहेको छु । मसहित परिवारमा ४ जना सदस्य छौँ । परिवारका सबै सदस्यको पालनपोषण मैले नै गरिरहेको छु । २०७४ सालमा मैले चलाएको ट्रक दुर्घटना हुँदा...
‘मैले सुखी र खुसी मकवानपुरको सपना देखेको छु’
मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को (ख) प्रदेश सभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बनेका गुञ्जनबहादुर न्यौपोले मतदाताको आवश्यकता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत शनिबार...
जसले बढाए मकवानपुरमा खेलकुदको माहौल
हेटौंडा । दोस्रो जनआन्दोलनपश्चात हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितासँगै करिब १२ वर्ष हेटौंडामा कुनैपनि किसिमको राष्ट्रिय फुटबल प्रतियोगिता भएन । २०७२ सालको भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा राष्ट्रिय फुटबल प्रतियोगिता गराउने निधोमा यहाँका युवा व्यवसायी पुगेपनि त्यसका लागि...










