प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बर्तौलाले गरे मतदान
२०७९ मंसिर ४, आईतवार १२:३८
मकवानपुर । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदवार महेश बर्तौलाले मतदान गरेका छन् ।
उनले भीमफेदी गाउँपालिका वडा नम्वर ९ बाघमारा बाख्रा फार्म मतदान केन्द्रबाट दिउँसो १२ बजे मतदान गरेका हुन् ।
त्यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नम्वर २ (ख) का उम्मेदवार लालबहादुर थापाले पनि मतदान गरेका छन् । थापाले राक्सिराङ गाउँपालिका-३ सुर्योदय माविस्थित मतदानस्थलमा मतदान गरेका हुन् ।
मतदान गर्दै लालबहादुर थापा

