राजनीति/ समाज
देशलाई निकास र यस क्षेत्रलाई विकास गर्न आएको हुँ : डीना
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनतर्फ क्षेत्र नम्वर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले आफु देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताएकी छन् । सोमबार बकैया गाउँपालिका वडा नम्वर ९ शिखरपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गरेकी छन्...
समावेशीतामा बानियाँको उदारताः चेपाङदेखि दलित समुदायसम्म मन्त्री
मकवानपुर । २०७४ मा भएको निर्वाचनबाट बागमती प्रदेशसभाको कुल ११० सिटमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट प्राप्त गर्यो । उक्त सिट सरकार बनाउन प्रयाप्त थिएन । त्यसैले तत्कालीन एमाले र माओवादी मिलेर प्रदेश सरकारको नेतृत्व गर्यो । तर साढे तीन वर्षको अवधि पूरा भएपछि एमाले माओवादीबाट...
जिल्ला प्रशासन कार्यालय मकवानपुर : मंसिर १ बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर १ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मंसिर ४ गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बिहीबारदेखि बन्द गरिने भएको जिल्ला प्रशासन...
कांग्रेस केन्द्रीय परिचालन समितिको समस्यमा थप दुई जना मनोनयन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त गरेका हुन् । देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९, केन्द्रीय परिचालन...
सबै धर्म सम्प्रदायप्रति उच्च सम्मान छः नेता बानियाँ
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिका वडा नम्वर–९ स्थित बोकर थर्या छ्याइलिङ गुम्बाको आज स्थलगत अवलोकन गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले गुम्बा अवलोकनको क्रममा सबै धर्म संस्कृति, जातजाती, भाषाभाषी र सम्प्रदायप्रति आफ्नो उच्च...
मकवानपुर १ मा त्रिपक्षीय प्रतिस्पर्धा
हेटौंडा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर–१ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गराएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँगै राप्रपाका दिपकबहादुर सिंह प्रतिस्पर्धामा छन् । थापा, डीना र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो...
उम्मेदवारलाई निर्वाधरूपमा प्रचार-प्रसार गर्न दिन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचार–प्रसार गर्न/गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचार–प्रसार गर्न/गराउन दिन निर्देशन...
जनताको समस्या समाधान गर्छौँः छिन्तु
हेटौंडा । मकवानपुर क्षेत्र नम्वर–१ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले आफु सदैव जनताको समस्या समाधान गर्न लागि परेको बताउँदै आगामी दिनमा पनि सोही कार्यमा लागिपर्ने बताएका छन् । बकैया गाउँपालिका वडा नम्वर–६ स्थित गडुवन र गबरस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा...
मेरो उम्मेदवारी भत्ता खान होइन, सेवा गर्न होः दिपक सिंह
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुर क्षेत्र नम्वर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपकबहादुर सिंहले सांसद् भएपछि जनताको सेवा गर्ने बताएका छन् । हेटौंडा ४ र ८ नम्वर वडाको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले आफु भत्ता खान र मन्त्रि बन्ने उद्देश्यले नभई जनताको सेवाको निम्ति चुनावी मैदानमा...
गठबन्धनको सरकार बनेपछि हाँडीखोलाको मुहार फेरिन्छ: बानियाँ
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने विश्वास दिलाएका छन् । मनहरी–५ बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै बानियाँले पूर्व पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न...










