राजनीति/ समाज

‘राष्ट्रिय समस्याको समाधान र देश विकास गर्नको लागि ओलीको नेतृत्व आवश्यक’

चितवन । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले राष्ट्रिय समस्याको समाधान र देश विकास गर्नको लागि नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको आवश्यक रहेको बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत बुधबार परिवार दलद्वारा...

गरिब निमुखा जनताको पक्षमा गठबन्धन उभिन्छ : बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धन मुलुकमा विकास र समृद्धिको लागि आवश्यक भएको भन्दै गठबन्धन सधैं गरिब निमुखा जनताको पक्षमा उभिने बताएका छन् । बुधबार कैलाश गाउँपालिका ६ नम्वर वडाको पकनीमा भएको चुनावी...

निर्वाचन आयोगद्वारा मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन...

निर्वाचन पर्यवेक्षणमा ४६ संस्था खटिँदै

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै, विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईका अनुसार, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र...

बानियाँको राजनीतिक यात्रा : विगतदेखि वर्तमानसम्म

मकवानपुर । ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्वर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए । त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घा मगरलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए ।...

कांग्रेस मकवानपुरद्वारा १६ जनालाई कारबाही

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले १६ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित अन्यलाई कारबाही गरेको हो । पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना...

प्रधानमन्त्री देउवा आज गृह जिल्ला जाँदै

डडेलधुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाँदै छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृह जिल्ला एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम...

मकवानपुरवासीलाई आत्मनिर्भर बनाउँदै बानियाँ

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ सबैलाई गरिखाने बनाउन आफु राजनीतिमा आएको बताउने मात्रै हैन उनीहरुको जीवन गुजारा चलाउनको लागि क्षमता र योग्यताअनुसारको पेशा व्यवसाय र रोजगारीमा जोडिन प्रेरणा दिंदै सहयोग गर्दछन् । उनले आफ्नै उद्योग, कलकारखाना, निर्माण व्यवसाय तथा आफ्नै संघसंस्थामा गरी ५ हजार जना...

स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्ने चेतावनी

मकवानपुर । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार...

राक्सिराङ-७ मा एमाले परित्याग गरी १५४ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ७ मा नेकपा एमाले परित्याग गरी १५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच युना चेपाङको नेतृत्वमा एमाले कार्यकर्ताले कांग्रेस सदस्यता लिएका हुन् । केही दिनअघि एमाले वडाध्यक्ष परित्याग गरी कांग्रेस प्रवेश गरेका पूर्णबहादुर चेपाङ र सम्झना चेपाङको पहलमा...