चितवन–२ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो स्थानमा

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १४:५९
file-photo

चितवन । चितवन–२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका हुन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतसहित पहिलो स्थान र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं. १ र २ बाट मत गणना सुरु गरिएको हो ।