काठमाडौं–४ मा गगन थापाको अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १२:५५
file-photo

काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार, गगन थापाले एमालेका राजन भट्टराईभन्दा ३५ मतले अग्रता लिएका हुन् ।

१५ सय मत गन्दा थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका भट्टराईले ६३३ मत पाएका छन् । यसैगरी, राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन् ।