मकवानपुरमा मतगणनास्थलमा पत्रकारलाई प्रवेशमा रोक, महासंघको आपत्ति

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १३:३४

हेटौंडा । मकवानपुरमा मतगणनास्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।

विहान १२ः३० बजे मतगणना सुरु भएसँगै सुरक्षाको कारण देखाउँदै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन् ।

मतगणना कार्यलाई प्रभावकारी र पारदर्शी बनाउने भन्दै अभिव्यक्ति दिँदै आएका मुख्य निर्वाचन अधिकृतले मतगणना कार्यमा भने रोक लगाएका हुन् ।

पत्रकारलाई प्रवेशमा रोक लगाएको भन्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आपत्ति जनाएका छन् ।

उनले सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको बताउँदै सहज रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जना नभए महासंघले धर्ना दिने बताए ।