राजनीति/ समाज

पार्टी नीति विपरित गतिविधि बन्द गर्न कांग्रेस मकवानपुरको आग्रह

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको निति विपरित स्वतन्त्र वा अन्य दलबाट उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निस्किृय पार्न र पार्टी विपरित गतिविधि बन्द गर्न अन्तिम अवसर प्रदान गरेको छ । शुक्रबार पार्टीका प्रवक्ता अर्जुन प्रसाद चौलागाईले विज्ञप्ति सार्वजनिक गर्दै पार्टी निति विपरितको गतिविधि...

तपाईंको सहयोगमा सहज एम्बुलेन्स सेवा पाएका छौंः थ्यांक यु ईन्द्र बानियाँ

मकवानपुर । मेरो नाम गोकर्ण सुवेदी हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा बसोबास गर्छु । केही समय अगाडिसम्म यस क्षेत्रमा कहिँकतै सुत्केरी, बिरामी र दुर्घटना भएमा स्वास्थ्य संस्था वा अस्पतालसम्म पुर्याउन निकै सकस भइरहेको थियो । एम्बुलेन्सको अभावले गर्दा यताको स्थिति एकदमै विकराल थियो । कोही...

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको जनाएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगले...

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो । आयोगका अनुसार, अस्थायी मतदाता नामावलीमा नाम भएका...

संविधान नमान्नेलाई जनतासँग मत माग्ने नैतिक अधिकार छैन : डीना

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासँग मत माग्ने नैतिक अधिकार नभएको जिकिर गरेकी छन् । बिहीबार बागमती गाउँपालिका वडा नम्वर ९ लितिमा भएको चुनावीसभामा बोल्दै उम्मेदवार डीनाले यस्तो बताएकी हुन् ।...

बानियाँलाई प्रतिस्पर्धी उम्मेदवारको समर्थन

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादर बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै गईरहेका छन् । गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धतासहित चुनावी घरदैलोमा व्यस्त रहेका उनको लोकप्रियताकै कारण सामाजिक, राजनीतिक व्यक्तित्वदेखि प्रतिस्पर्धी उम्मेदवारसमेतले समर्थन गर्न थालेका हुन् ।...

‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं’

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई दलदलबाट निकाल्न आसन्न निर्वाचनमा राम्रा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत बिहीबार मकवानपुरको बकैया–४ जुरेलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो...

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ : थ्यांक यु ईन्द्र बानियाँ

मकवानपुर । मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाको हौं । भवनको जगको लागि मनहरी ९ नम्वर वडा कार्यालयले...

आसन्न निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटिँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि २ लाख ४६ हजार ९ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, ७ प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक २ लाख ४६ हजार ९ सय...

राप्रपा अध्यक्ष लिङ्देन आज मकवानपुर आउने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज मकवानपुर आउने भएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको चुनावी प्रचार–प्रचार कार्यक्रम अन्तरग भोलि मकवानपुरमा हुने भेलालाई सम्बोधन गर्न उनी मकवानपुर आउने भएका हुन् । कार्यक्रम दिउँसो १२ः३० बजे मकवानपुरको...