पूर्व स्वास्थ्यमन्त्री खतिवडाले गरे मतदान
मकवानपुर । पूर्व स्वास्थ्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपमहासचिव विरोध खतिवडाले मतदान गरेका छन् ।
हेटौंडा–४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट उनले विहान ७ः१० बजे मतदान गरेका हुन् ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले मतदान भने क्षेत्र नम्वर–१ को मतदानस्थलबाट गरेका हुन् ।
मतदानपश्चात तु खबरलाई प्रतिक्रिया दिँदै खतिवडाले व्यवस्था र संविधानको रक्षा गर्दै देश र जनताको हितको पक्षमा निर्माण भएको गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरिएको बताए ।
