प्रचण्डले गरे चितवनबाट मतदान

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार ०८:२६

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

उनले चितवनको नेपाल पुलिस स्कुल शान्तिपुर (क) बाट मतदान गरेका हुन् ।

मतदानपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने प्रतिक्रिया दिए ।

गोरखाबाट प्रतिनिधि सभाको चुनाव लडेका प्रचण्डले प्रधानमन्त्रीको विषय गठबन्धनमा राम्ररी सल्लाह गरेर सहजताका साथ  टुंगो लगाइने बताए ।