रामेछापमा मतदान गरेर फर्केका दुई युवकमाथि कुटपिट
रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं. ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सल्ले गाउँका ४ जना जनाको समूहले कुटपिट गरेको हो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको र थप उपचारको लागि काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिनुका साथै बाँकी ३ युवक फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
