दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार ०८:३३
file-photo

काठमाडौं । बागमती प्रदेश अन्तरगत पर्ने दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ४ बजेर ५८ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

जिल्लाको हाटडाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।