ईन्द्र बानियाँले कमला आधारभूत विद्यालयबाट मतदान गरे
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले मतदान गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले आइतबार विहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ को कमला आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगी मतदान गरेका हुन् ।
बानियाँ क्षेत्र नम्वर–२ का उम्मेदवार भएपनि मतदान भने क्षेत्र नम्वर–१ मा गरेका हुन् ।
मतदानपश्चात तु खबरसँग कुराकानी गर्दै बानियाँले व्यवस्थाको रक्षा गर्दै जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताउँदै गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिन आग्रह गरे ।
उनले लोकतान्त्रिक अभ्यासमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी व्यक्त गरे ।
