कांग्रेस मकवानपुरद्वारा १६ जनालाई कारबाही
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले १६ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित अन्यलाई कारबाही गरेको हो ।
पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कारबाही गरिएको विषयमा जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र २ का उम्मेदवार भरत पराजुलीलाई कारवाही गरिएको जनाएको छ । पराजुली नेपाली कांग्रेसको पूर्वमहासमिति सदस्य सदस्य समेत थिए ।
हेर्नुहोस् सूची ।

