निर्वाचन आयोगले सोध्यो माओवादी केन्द्र चितवनलाई स्पष्टीकरण
चितवन । निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरणको माग राखेको छ । आयोगले कात्तिक २९ मा भएको जन प्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन पनि माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको छ।
माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा कात्तिक २९ मा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवम् कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जन प्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ उल्लेख गरेका थिए ।
सो स्टाटसको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।
