निर्वाचन आयोगद्वारा मेहताको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ । आयोगका अनुसार, त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो ।
