राजनीति/ समाज

गरिब, निमुखा जनताको अपेक्षा पूरा गर्ने बानियाँको प्रतिवद्धता

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब तथा असहाय जनताको हितका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् । गठबन्धनको राक्सिराङ १,२ र ३ को संयुक्त भेलालाई सोमबार सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत...

जिम्बाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

मकवानपुर । नेपाली कांग्रेसका कृयाशिल सदस्य रामशरण जिम्बाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर १ चकरी निवासी जिम्बाको ३२ वर्षको उमेरमा आइतबार निधन भएको थियो । सोमबार नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य चम्फुरत्न लामाले जिम्बाको पार्थिव शरिरमा कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम...

कृषि र सहकारीको संस्थागत विकासमा बानियाँ

मकवानपुर । नेपालको संविधानमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत आर्थिक वृद्धि र दीगो आर्थिक विकास गर्ने कुरा उल्लेख छ । संविधानको यही मर्मलाई आत्मसात गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले सहकारी क्षेत्रको संस्थागत विकासमा ध्यान पुर्याएका छन् । चौतर्फी विकासमा नजर पुर्याउने नेताको रुपमा परिचित नेपाली...

ईन्द्र बानियाँको चुनावी गीत सार्वजनिक

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा...

एकीकृत समाजवादीले ५ नेतालाई कारबाही गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई कारबाही गर्ने भएको छ । पार्टी महासचिव डा.वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने उल्लेख गरिएको...

जग्गा व्यवसायी घिमिरेले अनुचित दबाब दिएपछि मेयर लामाले झपारिन्

मकवानपुर । कार्यकक्षमै पुगेर अनुचित दबाब दिने जग्गा व्यवसायी ध्रुब घिमिरेलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले झपारेकी छिन् । आइतबार दिउँसो मेयर लामाको कार्यकक्षमा पुगेर घिमिरेले आफु अनुकुल निर्णय नभए मेयरको कुर्सी हल्लाइदिने धम्की दिएका थिए । कार्यकक्षमै अनुचित धम्की दिएपछि आक्रोशित बनेकी मेयर लामाले घिमिरेलाई आफु कसैको धम्कीबाट...

पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : बानियाँ

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको नेतृत्वले पूर्वाधार विकास र जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थाहा नगरपालिका वडा नम्वर–३ मा आइतबार गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले गाउँटोलको विकास...

जसले सहकारीबाट महिला सशक्तिकरणको अभियान चलाइन्

मकवानपुर । महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरको लागि मात्रै नभई नेपालकै राजनीतिमा स्थापित नाम हो । विद्यार्थी र महिलाको क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी छन् । लामो समयपछि २०७२ मा जारी भएको नेपालको संविधानमा महिला, आदिवासी, जनजाती तथा दलितको हक अधिकार सुनिश्चित...

बानियाँको साथ र हौसलाले डाक्टर बने प्रविण

हेटौंडा । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा पछाडी परेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ स्थित लोजाका २७ वर्षीय प्रविण स्याङ्तान अहिले एमबिबिएसको पाँच वर्षे कोर्स सक्याएर चितवन मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका छन् । दन्तरोग विशेषज्ञ बन्नको लागि आवश्यक पढाई पूरा गरेका स्याङ्तानले अब नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स प्राप्त...

गठबन्धनको सरकार बनेपछि ५ वर्षमा १० हजार गरिबका घर बनाउँछौँ : बानियाँ

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न ५ वर्षमा १० हजार घर बनाउने प्रतिवद्धता जनाएका छन् । भीमफेदी–९ बाघमारामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत...