प्रधानमन्त्री देउवा आज गृह जिल्ला जाँदै
डडेलधुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाँदै छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृह जिल्ला एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।
देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिको निर्वाचनका लागि उनी सुदूरपश्चिममा रहेका छन् । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।
